Empowering Lives
About Aashram
Dedicated to providing compassionate care and support to the most vulnerable members of our society.
"Serving humanity is the highest form of worship."
Khamba Prasad Jaisi
Founder
संस्थापकको भनाई
१. संस्थाको प्रस्तावना
मुलुकमा सम्पूर्ण आधारभूत आवश्यकताको परिपूर्ति समस्या राज्यले मात्र गर्न विकास र समृद्धिको बाटोमा अगाडि बढिरहेको यो अवस्थामा नागरिकका सम्पूर्ण मौलिक हक अधिकारहरू राज्यले मात्र पूरा गर्न नसक्ने अवस्थामा हामी सबैको हातेमालोले सहयोग साथ सल्लाह सुझाबले सुर्खेत जिल्लामा रहेका अस्थायी/स्थायी रूपमा बसोबास गर्दै गरेको सकारात्मक सोच भएका युवाहरूको समूहले सरकारको मुख मात्र नताकी सम्पूर्ण रूपले आफ्नो स्थानबाट भौतिक, आर्थिक, सामाजिक र मानवियताका हिसाबले राज्यलाई सहयोग गर्ने उद्देश्यका साथ सडक तथा सार्वजनिक स्थलमा जीवनयापन गर्न बाध्य भएका घरपरिवार विहिन, टुहुरा, असहाय, अनाथ, अपाङ्ग, अशक्त सहित मानसिक अवस्था गुमाएका मानिसको संरक्षणको उद्देश्यका लागि कर्णाली प्रदेश स्तरीय घरवार विहिन भएका मानवहरूका लागि एउटै घर त्यस्तै घरमा वासस्थान औषधी उपचार, खान पिन लत्ता कपडा सहित उनीहरूको जीवनस्तर माथि उठाउने लागि कृषिमा आत्मनिर्भर बनाई राज्यलाई सहयोग गर्ने उद्देश्यका साथ हामी सम्पूर्ण मानवीय मन भएका युवाहरूले स्थापना गर्न लागेको सहयोगी सामाजिक संस्था बुद्धभूमि मानव सेवा आश्रम नामक संस्था गठनका लागि दर्ता ऐन २०३४ को अधिनमा रही विधानको तर्जुमा गरिएको छ । यस संस्थाले विभिन्न कार्यक्रम सञ्चालन गर्दा नेपालको राष्ट्रिय सुरक्षा, अखण्डता, सहिष्णुता र संस्कृतिमा कुनै खलल पुग्ने छैन ।
३. संस्थाको उद्देश्य
१. घरबार विहिन, टुहुरा, असाहय, अपाङ्गसहित मानसिक अवस्था गुमाएकाहरूको संरक्षण गर्नु, पुनस्थापना, औषधी उपचार, खानपिन, family members पत्ता लगाउने तथा आश्रय स्थलमा बासस्थान दिइने ।
२. समाजमा व्यस्त, कुसंस्कार, गरिबी, पधौरोपन, अन्धविश्वास, लैङ्गिक हिन्सासम्बन्धी विभिन्न युवा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने ।
३. बृद्धा तथा वेवारिसे व्यक्तिको परिवारलाई एकजुट गराई उनिहरूको आवश्यकता पूर्ती गर्ने । जस्तै खाना, आवास, लुगा, उपचार सेवा, शिक्षा, धार्मिक स्थल घुमाउँने लगायत सेवा सुविधा उपलब्ध गराउने ।
४. खुला आकाशमुनी सडकजीवन बिताउन बाध्य, घरबार विहीन, बेसहारा तथा जीवन नै जोखिममा रहेका मानिसहरू, अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं सहयोगापेक्षी मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउने
५. समाजमा व्यस्त, कुसंस्कार, गरिबी, पशुपालन, अन्धविश्वास, लैङ्गिक हिंसासम्बन्धी विभिन्न युवा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने ।
रणनीति
१) जन जनमा सत्य, न्याय, अनुशासन, दया, माया, करूणा, अहिंसा जस्ता मानवीय गुणहरू व्यवस्थापन गर्दै २०८५ साल सम्म देश लाई सडक मानव रहित देश घोषणा गर्ने ।
२) यसै आर्थिक वर्ष २०८१/८२ मा बुद्धभूमि मानव सेवा आश्रम का शाखा खोल्ने जुन जुम्ला को खलङ्गा बजार र रूकुम पश्चिम को सल्लेबजार मा शाखा खोली सेवा दिने छ । यसै गरि नेपाल को सबै प्रदेश मा शाखा खोली सेवा दिने छ ।
३) युवाहरूमा मानवियतासम्बन्धी औपचारिक र अनौपचारिक शिक्षाको व्यवस्था ।
४) शिक्षकहरूको मानमर्यादा बढाउनुपर्ने र यसका लागि शिक्षकहरूले उदाहरणीय व्यवहार प्रदर्शन गर्दै इमान्दारितापूर्वक कार्यसम्पादन गर्नुपर्ने ।
५) जुनसुकै सार्वजनिक सबै बालबालिकालाई विद्यालय शिक्षाको अवसर दिने ।
६) बाल्यकाल र शिशु अवस्थामै संस्कारयुक्त शिक्षा दिने व्यवस्थामा प्रवेशका लागि मानवियता र नैतिकताका विषयहरूको ज्ञान भएको हुनुपर्ने व्यवस्था ।
७) आमाबाबुको रेखदेखका लागि सन्तानले चलअचल सम्पत्तिको पर्याप्त व्यवस्था गर्नुपर्ने ।
८) समुदायमा वृद्धवृद्धाको विश्रामस्थल बनाउने र अन्य रचनात्मक गतिविधिमा सहभागी हुनका लागि आवश्यक व्यवस्था गर्नुपर्ने ।
९) सार्वजनिक स्थलमा वा सडकमा कोही असहाय वा सहयोगापेक्षी व्यक्ति फेला परेमा सम्बन्धित पालिका वा त्यसअन्तर्गतको वडा कार्यालय वा नजिकको प्रहरी इकाइमा सूचना गर्ने ।
१०) वृद्धवृद्धालाई उपचारको सहज व्यवस्था र असहाय एवं बेवारिसे व्यक्तिहरूलाई आश्रयस्थलको व्यवस्था र मृत्यु हुँदा बेलामा मृत्युसंस्कारको समेत व्यवस्था ।
११) वैदिक शिक्षालाई प्रोत्साहन र प्रवर्द्धन गर्ने ।
सस्थाको महत्व
विज्ञान र प्रविधिको विकासले जसरी मानव जीवनमा सहजता ल्याएको छ । त्यसरी नै असम्भवलाई सम्भव बनाई दिएको छ । स्वास्थ्य क्षेत्रमा आएको परिवर्तनले मानिसको औषत आयुमा बृद्धि गराई दिएको छ । विगतको तुलनामा मुत्युदर र प्रजनन् दर क्रमश घट्दै गएको छ ।
पुँजीवाद, औधोगिकरण, सहजीकरण परिचयीकरण र आधुनिकीकरणले मानिसलाई क्रमश व्यक्तिवादी बनाउदै लगेको छ । यस्तो परिवेशमा बृद्धाहरूलाई परिवारका सदस्य, समुदाय समाज र राष्ट्रले उचित स्थान दिन सकेको छैन । त्यसकारण बृद्धाहरूलाई एक्लाे पन र बोझ भएको अनुभवन भईरहेको छ ।
समाज, सामाजिक संरचना र पारिवारिक संरचनामा आएको परिवर्तनले गर्दा जेष्ठ नागरिकको जिवनमा नकारात्मक असर पु¥याएकाे छ । नेपाल विकास उन्मुख राष्ट्र हो । यहाँको आर्थिक बृद्धिदर सरकारले प्रायाप्त मात्रामा नागरिकहरूको आधारभूत आवश्यकता परिपूर्ति नगरी दिने हाे भने, उचित संरक्षण नगरिदिदा वर्तमान समयमा जेष्ठ नागरिकको आवस्था अत्यन्तै दयानिय बन्दै गएको छ ।
समस्याको कथन
वर्तमान आधुनिक समाजको सम्पूर्ण गतिविधि प्रत्यक्ष आर्थिक पक्षसँग जोडिएको पाइन्छ । आर्थिक अवस्था कमजोर भएका वृद्धाहरूले प्राप्त गर्नुपर्ने स्याहार, सुसार सम्मान प्राप्त गर्न सकेका छैनन् । यस विषयमा संस्थापक खम्ब प्रसाद जैसीले आश्रममा गएर वेवारिसे र बृद्ध बृद्धाहरूको जिवन शैलीबारे अध्ययन गरेका छन्।
संस्थामा भएका प्रश्नहरू
अध्ययनको पूरा गर्नका लागि सोधिएका प्रश्नावलीहरू
१. वृद्धहरूको स्वास्थ्य सम्बन्धी उनिहरूको ज्ञान कस्तो छ ?
२. वेवारिसे बृद्धाहरू आफ्नो स्वास्थ्य प्रति कतिको सचेत छन् ?
३. आफनो स्वास्थ्य प्रवर्द्वनका लागि आफैले के कस्ता व्यवस्थाहरू अवलम्बन गरेका छन् ?
४. सबै परिवारका बृद्धाहरूको स्वास्थ्य हेरचाह परिवारका सदस्यले कसरी गरेका छन ?
५. वेवारिसे बृद्धाहरूको हेरचाहका लागि परिवार कसरी व्यवस्था मिलाएको छ ?
६. हेरचाहा प्रति परिवारका सदस्यहरूको दृष्टिकोण कस्तो छ ?
७. वेवारिसे र बृद्धाहरूले के–कस्ता स्वास्थ्य समास्याहरू भोग्नु परेको छ ?
संस्थाको उद्देश्य (Our Objectives)
- 1 घरबार विहिन, टुहुरा, असाहय, अपाङ्गसहित मानसिक अवस्था गुमाएकाहरूको संरक्षण गर्नु, पुनस्थापना, औषधी उपचार, खानपिन, परिवारका सदस्य पत्ता लगाउने तथा आश्रय स्थलमा बासस्थान दिइने ।
- 2 समाजमा व्यस्त, कुसंस्कार, गरिबी, पधौरोपन, अन्धविश्वास, लैङ्गिक हिन्सासम्बन्धी विभिन्न युवा अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिने ।
- 3 वेरोजगार युवाहरुका लागि कृषि, पशुपालन जडिबुटी, स्वरोजगार सिपमुलक तालिमको लागि समुह निर्माणका साथै जीविकोपार्जनको वातावरण सृजना गर्ने ।
- 4 बृद्धा तथा वेवारिसे व्यक्तिको परिवारलाई एकजुट गराई उनिहरुको आवश्यकता पूर्ती गर्ने । जस्तै खाना, आवास, लुगा, उपचार सेवा, शिक्षा, धार्मिक स्थल घुमाउँने लगायत सेवा सुविधा उपलब्ध गराउने ।
A Sanctuary of Hope and Compassion
Buddha Bhumi Manab Sewa Aashram (BBMSA) is a non-profit organization dedicated to serving the most vulnerable members of our society. We are a community of compassionate individuals committed to providing shelter, care, and a sense of belonging to those who have nowhere else to go.
Our team works tirelessly to ensure that every resident receives the medical attention, nutritional support, and emotional care they need to live a life of dignity and respect.
Our Motivation
Human Dignity
We believe that every human being, regardless of their circumstances, deserves to live with dignity and respect.
Social Responsibility
It is our collective duty to ensure that no one in our community is left abandoned or neglected in their time of need.
Community Impact
By caring for the most vulnerable, we strengthen the fabric of our entire community and inspire others to act with kindness.
Our Mission
To provide dignity, shelter, care, and compassion to homeless and elderly individuals, ensuring a humane and respectful life for the most vulnerable members of society.
घरबारविहीन र वृद्धवृद्धाहरूलाई सम्मान, आश्रय, हेरचाह र करुणा प्रदान गर्नु, समाजका सबैभन्दा कमजोर सदस्यहरूको लागि मानवीय र सम्मानजनक जीवन सुनिश्चित गर्नु।
Our Vision
To build a compassionate Nepal where no elderly or homeless person is left abandoned, neglected, or without care.
एक दयालु नेपाल निर्माण गर्नु जहाँ कुनै पनि वृद्ध वा घरबारविहीन व्यक्तिलाई त्यागिएको, उपेक्षित वा हेरचाहविना छोडिने छैन।
Our Goal
To establish a self-sustaining network of care homes across Nepal, ensuring that no elderly or homeless individual is ever left without compassionate support.
- Expand to 10+ districts by 2030
- Establish a dedicated healthcare wing
Join Our Mission
Whether through volunteering, donating, or spreading awareness, you can be part of our mission to create a more compassionate Nepal.